काठमाडौं । साताको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.९५ अङ्कले घटेर २६५२.५८ विन्दुमा झरेको छ। बजारमा दोहोरो अङ्कको गिरावट आए पनि कारोबार रकम भने ४ अर्ब ७२ करोड रुपैयाँभन्दा माथि पुगेको छ।
बिहीबार कुल ३४९ कम्पनी तथा धितोपत्रको ४४ हजार ४१२ पटकको कारोबारमा १ करोड २३ लाख ७३ हजार ८४१ कित्ता सेयर किनबेच भएका छन्। यसबाट ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार ६२३ रुपैयाँको कारोबार भएको हो।
कारोबारमा आएका कम्पनीमध्ये २११ वटाको सेयर मूल्य घटेको छ भने ५६ वटाको बढेको छ। १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको १८ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ७५ लाख र घलेम्दी हाइड्रोको १४ करोड ३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
घट्दो बजारमा कुमारी सबल योजनाको मूल्य सबैभन्दा धेरै २.९६ प्रतिशतले बढेको छ। यता, कुमारी बैंकको डिबेञ्चरको मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ।
समूहगत रूपमा माइक्रोफाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन्। यद्यपि, सबै समूहको उतारचढाव एक प्रतिशतभन्दा कम रहेको छ।










