काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सेवालाई प्रभावकारी बनाउन प्रहरी सङ्गठनलाई निर्देशन दिएका छन्।
बुधबार नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै उनले प्रहरी नागरिकसँग नजिक रहेर सम्मानजनक व्यवहारसहित सेवा प्रवाह गर्नुपर्ने बताए।
गृहमन्त्री गुरुङले डिजिटल रूपान्तरणसँगै बढिरहेका साइबर ठगी, अनलाइन वित्तीय अपराध, क्रिप्टो कारोबार, डिपफेक, सङ्गठित अपराध र लागुऔषध बेचबिखनजस्ता चुनौतीप्रति सचेत रहन प्रहरी नेतृत्वलाई आग्रह गरे।
उनले फिल्डमा खटिने प्रहरी कर्मचारीको मनोबल उच्च राख्ने गरी काम गर्न पनि निर्देशन दिएका छन्।










