काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा विचाराधीन विधेयकहरूलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।समितिका सभापतिहरूसँग भएको समसामयिक छलफलमा उनले विधेयकमाथि गहन छलफल गरी समितिको कामकारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गरेका हुन्।सभामुख अर्यालले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दा प्रचलित नियमावली र कानुनी प्रक्रियाको पालना गर्नुपर्नेमा जोड दिए। उनले सम्बन्धित राजनीतिक दल तथा विषयविज्ञसँग आवश्यक परामर्श गरेर औचित्यपूर्ण संशोधन प्रस्ताव ल्याउन पनि सुझाव दिए। विधेयक निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन छलफललाई घनीभूत बनाउँदै विचाराधीन विषय टुंग्याउनुपर्ने उनको भनाइ थियो।

 

ADVERTISEMENT