काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो राजनीतिक तथा समसामयिक घटनाक्रमबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार बैठक केहीबेरमै बस्दैछ। बैठकमा पार्टी सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू तथा प्रतिनिधिसभामा विपक्षी दलका नेता सहभागी हुनेछन्।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने बताइएको छ।










