काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ ।
चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । जितसँगै सुदूरपश्चिमले ४ खेलबाट ४ अंक जोडेको छ ।
चितवनको भने जारी प्रतियोगितामा यो पहिलो हार हो । पहिलो खेलमा विराटनगर किंग्सलाई हराएको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो । चितवनको ३ खेलबाट ३ अंक छ ।
चितवन पराजित भएसँगै साविक विजेता लुम्बिनी लायन्स प्रतियोगिताको तेस्रो संस्करणमा अपराजित रहने एक्लो टोली बनेको छ ।
सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलेनले सर्वाधिक ४३ रन बनाए । उनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गरे । इशान पाण्डेले २९ बलमा २ चौकासहित २५ रन जोडे ।
३ रनमै पहिलो विकेट गुमाएको सुदूरपश्चिमका लागि म्याकमुलेनले विनोद भण्डारीसँग दोस्रो विकेटका लागि ३१ रनको साझेदारी गरे । विनोद ११ रन बनाएर आउट भए । त्यसपछि म्याकमुलेन र इशानले तेस्रो विकेटका लागि ३६ रन जोडे ।
म्याकमुलेन र कप्तान दीपेन्द्र सिंह ऐरी लगातार आउट भएपछि सुदूरपश्चिम ७० रनमा ४ विकेट गुमाएको अवस्थामा पुगेको थियो । तर, आरिफ शेख र इशान पाण्डेले पाँचौँ विकेटका लागि ३३ रनको साझेदारी गर्दै टोलीलाई सम्हाले ।
इशान आउट भएपछि आरिफले शेरफेन रदरफोर्डसँग मिलेर टोलीलाई जितसम्म पुर्याए । रदरफोर्डले १५ बलमा २ चौका र १ छक्कासहित अविजित २१ रन बनाए । आरिफ २६ बलमा २० रन जोड्दै अविजित रहे ।
चितवनका रञ्जित कुमारले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । रिजन ढकाल र मौसम ढकालले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे । अर्धशतकका लागि १ रन आवश्यक हुँदा ठूलो सट खेल्ने प्रयासमा उनी आउट भए ।
२७ रनमै २ विकेट गुमाएको चितवनका लागि बोपारा र डाविड मलानले तेस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे । बोपाराले कप्तान सिकन्दर राजासँग चौथो विकेटका लागि थप ३२ रन जोडे ।
विवेक कुमार यादवले अन्तिम बलमा रनआउट हुनुअघि १५ बलमा १ चौका र १ छक्कासहित १७ रन बनाए । डाविड मलानले १६ तथा अर्जुन साउद र सिकन्दर राजाले समान १५ रन जोडे । टम टेलर ६ रनमा अविजित रहे ।
सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए भने हेमन्त धामी, कप्तान दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान १ विकेट हात पारे ।
एनपीएलमा मंगलबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्नेछन् भने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।