काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेको सुदूरपश्चिमले पोखरालाई पहिले ब्याटिङको निम्तो दिएको छ।

पोखराका लागि यो सिजनको पहिलो खेल हो। सुदूरपश्चिम भने दोस्रो खेलमा मैदान उत्रिएको हो। प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम साविक विजेता लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो। त्यसैले आजको खेलमा सुदूरपश्चिम पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ।

ADVERTISEMENT

गत सिजन पोखरा एभेन्जर्स ६ अंकसहित पाँचौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो। यता, लगातार दुवै संस्करणको उपविजेता बनेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन्।

ADVERTISEMENT