काठमाडौं । पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेल हेर्न त्रिवि क्रिकेट मैदान पुगेका छन्।

जारी खेलको पहिलो इनिङ्सपछि अख्तरले मैदानबाट दर्शकलाई अभिवादन गरेका थिए। यस खेलमा पाकिस्तानी खेलाडी हुसेन तलात कर्णाली याक्सबाट खेलिरहेका छन्।

ADVERTISEMENT

सन् २००३ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध १६१.३ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेर अख्तरले विश्व कीर्तिमान बनाएका थिए। उनको यो कीर्तिमान अहिलेसम्म तोडिएको छैन।

ADVERTISEMENT

अख्तरले सन् १९९७ मा पाकिस्तानका लागि टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। त्यसको तीन महिनापछि उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि प्रवेश गरे।

क्रिकेटबाट सन्न्यास लिएपछि अख्तर आफ्नै युट्युब च्यानलमार्फत खेलको विश्लेषण गर्दै आएका छन्। एनपीएलको समीक्षा गर्न उनी नेपाल आएका हुन्।