काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता धर्मराज गैरेका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन्।

ADVERTISEMENT

संघीय संसद्बाट पारित भएर आएको उक्त विधेयकलाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

ADVERTISEMENT