काठमाडौं । काठमाडौं महानगरपालिकाले दसैँको अवसरमा तीन दिन फोहोर संकलन नहुने भन्दै घरबाट निस्कने फोहोर घरभित्रै सुरक्षित व्यवस्थापन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

महानगरपालिकाका अनुसार कात्तिक १, ३ र ४ गते फोहोर संकलन कार्य बन्द रहनेछ। बडादसैँका कारण सफाइ कर्मचारीहरू पनि चाडपर्व मनाउन बिदामा जाने भएकाले उक्त दिनहरूमा फोहोर संकलन नहुने महानगरको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले जानकारी दिइन्।

ADVERTISEMENT

महानगरले घरमा जम्मा हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर छुट्टाछुट्टै भाँडो वा झोलामा राख्न नगरवासीलाई सुझाव दिएको छ। यसले फोहोरको उचित व्यवस्थापन गर्न र वातावरण सफा राख्न सहयोग पुग्नेछ।

ADVERTISEMENT

तोकिएका तीन दिनबाहेक अन्य दिनमा भने फोहोर संकलन तथा व्यवस्थापन कार्य नियमित रूपमा सञ्चालन हुने महानगरपालिकाले जनाएको छ।