काठमाडौं  । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १६ देखि ३१ गतेसम्मका उपहार कुपनको नतिजा कात्तिक १ गते सार्वजनिक गर्ने भएको छ।

अर्थ मन्त्रालयका अनुसार उक्त अवधिमा नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले असोज ३१ गते शनिबारभित्र खरिद बिलको विवरण प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्न सक्नेछन्।

ADVERTISEMENT

कार्यक्रममा सहभागी भई पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य गरिएको छ। त्यसैले मन्त्रालयले उपभोक्तालाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन आग्रह गरेको छ। त्यस्तै, सबै व्यवसायीलाई वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल–बिजक जारी गर्न मन्त्रालयले अनुरोध गरेको छ।

ADVERTISEMENT