काठमाडौं । कामना सेवा विकास बैंकले लेमन ट्री प्रिमियर होटलसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

काठमाडौंको बुढानिलकण्ठस्थित लेमन ट्री प्रिमियरसँगको सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १५ प्रतिशत तथा स्पामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादवप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।