काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापालाई सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ।

सभापतिमा निर्वाचित भएपछि शनिबार सानेपा पुगेका थापालाई पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूले स्वागत गरेका थिए।

ADVERTISEMENT

त्यस क्रममा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै नवनिर्वाचित सभापति थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

ADVERTISEMENT

उनले आफूले प्राप्त गरेको नेतृत्व र जिम्मेवारीलाई केवल अधिकारका रूपमा नभई उच्च जवाफदेहिताका रूपमा लिएको स्पष्ट पारे।

थापाले पार्टीलाई नागरिकप्रति उत्तरदायी बनाउँदै जनताको विश्वास जित्ने दिशामा अघि बढ्ने सन्देश दिएका छन्।

ADVERTISEMENT