सुर्खेत । नेपाली अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले पश्चिम नेपालमा पहिलोपटक आफ्नो खुद्रा सञ्जाल विस्तार गर्ने भएको छ। कम्पनीले आगामी अक्टोबर ११, २०२६ मा सुर्खेतको बुद्धपथस्थित देउती नर्सिङ होमको ठीक अगाडि आफ्नो ११औँ आउटलेट उद्घाटन गर्न लागेको हो।

आइतबार बिहान १० बजे हुने उद्घाटनसँगै सुर्खेत र आसपासका क्षेत्रका ग्राहकले अल्टिमाका अडियो उपकरण, स्मार्टवाच तथा अन्य लाइफस्टाइल उत्पादन प्रत्यक्ष अवलोकन र खरिद गर्न सक्नेछन्।

ADVERTISEMENT

पहिलो १११ ग्राहकलाई १११ रुपैयाँमै इयरबड्स

ADVERTISEMENT

आउटलेट उद्घाटनको अवसरमा अल्टिमाले पहिलो १११ जना ग्राहकलाई Boom Sleek Earbuds मात्र १११ रुपैयाँमा उपलब्ध गराउने भएको छ। सीमित संख्यामा उपलब्ध हुने यो अफर उद्घाटनकै दिन लागू हुनेछ।

यसका अतिरिक्त ग्राहकले कम्पनीको Dashain Mela 3.0 अभियानअन्तर्गत छनोट गरिएका उत्पादनमा ७० प्रतिशतसम्म छुट तथा विशेष कम्बो अफर प्राप्त गर्न सक्नेछन्।

ADVERTISEMENT

२,४९९ रुपैयाँदेखि कम्बो अफर

कम्पनीका अनुसार Navigator र Aura को कम्बो ८ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ। त्यस्तै Soundbar, 20K Pro, E400 र Prime 1.0 समावेश भएको कम्बोको मूल्य २ हजार ४९९ रुपैयाँ तोकिएको छ।

छनोट गरिएका उत्पादनमा विशेष मूल्य

उद्घाटनका अवसरमा विभिन्न उत्पादन विशेष मूल्यमा उपलब्ध हुनेछन्। कम्पनीले सार्वजनिक गरेको मूल्यसूचीअनुसार Clear Mic को मूल्य ३ हजार ४४९ रुपैयाँ, 20K Mini को ३ हजार १९९ रुपैयाँ, Navigator को ६ हजार ४९९ रुपैयाँ, Boom 141 को १ हजार ९४९ रुपैयाँ र Bass 430 को २ हजार १९९ रुपैयाँ रहेको छ।

त्यस्तै, ग्राहकले Spin & Win गतिविधिमा सहभागी हुने अवसरसमेत पाउनेछन्।

पश्चिम नेपालमा पहिलो खुद्रा आउटलेट

अल्टिमा लाइफस्टाइलका अनुसार सुर्खेतमा खुल्न लागेको आउटलेट कम्पनीको देशभरको ११औँ तथा पश्चिम नेपालकै पहिलो आउटलेट हो। यस विस्तारसँगै कम्पनीले सुर्खेत र आसपासका उपभोक्तालाई आफ्ना उत्पादन सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ।

आधुनिक डिजाइन, नवीन प्रविधि र सुलभ मूल्यमा अडियो तथा वेयरेबल उत्पादन उपलब्ध गराउँदै आएको कम्पनीले नयाँ आउटलेटमार्फत ग्राहकलाई उत्पादन प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्ने जनाएको छ।