काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाराजगञ्जस्थित निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले छापा मारेको छ। विभागको टोलीसँगै प्रहरी पनि निवासमा पुगेको हो।

एक जना डीएसपीको नेतृत्वमा प्रहरी टोली जबराको निवासमा पुगेको बताइएको छ। विभागको टोलीले निवासमा प्रमाण तथा कागजात संकलन गरिरहेको स्रोतले जनाएको छ। जबराका केही नातेदार तथा निकट व्यक्तिका घरमा समेत विभागको टोली पुगेको विवरण सार्वजनिक भएको छ।

ADVERTISEMENT

यसअघि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले मध्यरातमा महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले उनलाई सुरक्षा चुनौती रहेको भन्दै नियन्त्रणमा लिएको बताएको थियो। करिब १२ घण्टा नियन्त्रणमा राखेपछि उनलाई छाडिएको थियो।

ADVERTISEMENT

बुधबार जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली पुगेको हो। छापा क्रममा के–कस्ता कागजात वा सामग्री नियन्त्रणमा लिइयो भन्नेबारे विस्तृत विवरण भने सार्वजनिक भएको छैन।