काठमाडौँ । उद्योगी तथा नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार चौधरीले समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
चौधरी राष्ट्रिय सभागृहस्थित केन्द्रीय निर्वाचन समितिको कार्यालय पुगेर मनोनयनपत्र दर्ता गराएका छन् । महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।
उम्मेदवारी दर्ताका क्रममा सभागृह परिसरमा उम्मेदवार, महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताको चहलपहल बढेको छ ।
१५औँ महाधिवेशनबाट चयन हुने नयाँ केन्द्रीय कार्यसमितिका लागि देशभरबाट आएका ७ हजार १ सय १४ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।
निर्वाचन समितिले निर्धारित समयभित्र उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न गरी त्यसपछि तय गरिएको निर्वाचन कार्यक्रम अघि बढाउने जनाएको छ ।







