काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दिएका छन्।कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मनोनयनमा शर्माले पुष्पराज पौड्याललाई वारेस बनाएर निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेसले विधान संशोधन गर्दै यसै महाधिवेशनदेखि वरिष्ठ उपसभापति पद थप गरेको हो।शर्माको उम्मेदवारीको प्रस्तावकमा झापाका उद्धव थापा र सुनसरीका केदार भण्डारी रहेका छन्। त्यस्तै, समर्थकमा झापाका सुधीर सिवाकोटी र देउकुमार थेवे रहेका छन्।

ADVERTISEMENT

शर्माले नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका थिए। उनी नेविसंघको केन्द्रीय अध्यक्ष हुँदै कांग्रेसको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा पुगेका थिए।कांग्रेसको १४औँ महाधिवेशनबाट उनी लोकप्रिय मतसहित महामन्त्रीमा निर्वाचित भएका थिए। गत विशेष महाधिवेशनबाट शर्माले उपसभापतिको जिम्मेवारी सम्हालेका थिए। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा शर्मा झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

ADVERTISEMENT