काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। बिहीबार काठमाडौँ जिल्ला अदालतले साइबर ब्युरोलाई प्रसाईंमाथि थप एक दिन अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले उनलाई उपस्थित गराउन आदेश दिएको थियो।

ADVERTISEMENT

प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

ADVERTISEMENT

प्रसाईंले युट्युबमार्फत सांसद खतिवडाले छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेका थिए।