काठमाडौँ । सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १६ गतेदेखि अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

संविधानअनुसार सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ।

ADVERTISEMENT

सङ्घीय संसद्को चालु अधिवेशन वैशाख २८ गतेदेखि सुरु भएको थियो। प्रतिनिधि सभामा हाल दस वटाभन्दा बढी विधेयक विभिन्न चरणमा समितिहरूमा विचाराधीन छन्।

ADVERTISEMENT