काठमाडौँ । सेयरबजारमा गिरावटले निरन्तरता पाएको छ। सरकारले लगानीकर्तालाई आश्वस्त पार्ने प्रयास गरिरहे पनि बजारमा भने सुधारको संकेत देखिएको छैन।

साताको पहिलो कारोबार दिन सोमबार १६ अंकले घटेको नेप्से मंगलबार पनि ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा झरेको छ। यससँगै कारोबार रकममा पनि कमी आएको छ। मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँको मात्र कारोबार भएको छ।

ADVERTISEMENT

मंगलबार ६९ कम्पनीको सेयर मूल्य बढ्दा १९९ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन। यस दिन अधिकतम वृद्धि ८.१८ प्रतिशतसम्म र गिरावट ५.४४ प्रतिशतसम्म देखिएको छ।

ADVERTISEMENT

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अगाडि रहेको छ। उक्त कम्पनीको करिब २२ करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ।

मंगलबार निर्जीवन बीमा र ‘अन्य’ समूहका सूचक हरियो रहे पनि बाँकी अधिकांश समूहका सूचक घटेका छन्। पछिल्ला कारोबार दिनमा पनि बजारमा उल्लेख्य रौनक देखिएको छैन।

ADVERTISEMENT