काठमाडौं । देशभर वर्षा कम भएसँगै बाढीको जोखिम पनि ह्वात्तै घटेको छ।
आज (सोमबार) बिहानको मापनअनुसार नारायणी नदीमा जलसतह सतर्कता तहभन्दा माथि रहे पनि घट्दो क्रममा छ। अन्य प्रमुख र सहायक नदीहरूमा पनि जलसतह सतर्कता तहभन्दा तलै छ।
यद्यपि वर्षा भएमा नदीको बहाब सामान्य घटबढ हुन सक्ने बाढी महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ८ बजे जारी गरेको बाढी बुलेटिनअनुसार आगामी ३ दिनसम्मै देशका अधिकांश नदीको बहाब सामान्य रहने सम्भावना छ।









