काठमाण्डौ – सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । आज बिहान ६ बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक मापन भएको छ ।

जलसतह निकै माथि पुगेपछि ४३ वटा ढोका खोलिएको हो । हिजो दिउँसो पानीको बहाव प्रतिसेकेन्ड दुई लाख ४० हजार ९ सय नाघेपछि ३१ वटा ढोका खोलिएको थियो । कोशी ब्यारेजमा ५६ वटा ढोका छन् ।

ADVERTISEMENT

जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ ।

ADVERTISEMENT

त्यस्तै, तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित ठाउँमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन गर्ने जस्ता काम नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ ।

गएको बुधबारदेखि नै देशका धेरै ठाउँमा निरन्तर पानी परिरहेको छ । गएरातिदेखि काठमाण्डौ उपत्यकासहित पूर्वका केही ठाउँमा पानी पर्नेक्रम केही कम भएको छ ।

ADVERTISEMENT