काठमाडौं । वर्षाका कारण सिस्डोलस्थित ल्याण्डफिल्ड साइटमा लेदोसहितको पानी बग्न थालेको छ । जसले गर्दा फोहोर ढुवानी तथा बिसर्जनको काम रोकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले केही समय फोहोर बिसर्जनको काम रोकिने भन्दै घर बाहिर फोहोर ननिकाल्न अनुरोध गरेको छ । महानगरले आफ्नो घर पसल व्यवसाय तथा कम्पाउण्डबाट फोहोर सडक, चोक, सार्वजनिक स्थल, खोला नाला र खुला स्थानमा नफाल्न अनुरोध गरेको छ ।








