काठमाडौं । महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनमा बहुतले पार्किङ निर्माणका लागि संघ सरकारसँग अनुमति मागेको छ ।

बढ्दो पार्किङ समस्या समाधानका लागि सीमित स्थानको अधिकतम सदुपयोग आवश्यक रहेको भन्दै महानगरले एनएसी भवनमा बहुतले पार्किङका लागि अनुमति मागेको हो ।

ADVERTISEMENT

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एनएसी भवनमा बहुतले पार्किङ निर्माणपछि पार्किङ समस्या समाधानमा सहयोग पुग्ने बताइन् ।  ” पार्किङको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । यसको व्यवस्थापन गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन । हाम्रो क्षेत्रफल सीमित भएकाले उपलब्ध ठाउँको सही सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नु आजको आवश्यकता हो,” उनले भनिन्,”यसका लागि हामीले संघ सरकारसँग अनुमति मागेका छौँ ।”

ADVERTISEMENT

काठमाडौंको क्षेत्रफल सीमित रहेकाले नयाँ ठाउँ थप्नेभन्दा उपलब्ध स्थानको उचित सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नुपर्ने डंगोलले बताइन् ।  बढ्दो पार्किङ समस्या समाधानका लागि काठमाडौं महानगरले अब थप व्यवस्थित ढंगले काम गर्ने उनको भनाइ छ ।