काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो लाभांश पारित गर्न कम्पनीले यही असोज ३० गते ११ औँ वार्षिक साधारणसभा समेत बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यो हिसाबले असोज १९ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

ADVERTISEMENT