काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर दिने भएको छ ।

कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

ADVERTISEMENT

कम्पनीका अनुसार प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरिनेछ । साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT