काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्तावहरू पारित भएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गरेका ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ प्रस्ताव बैठकले स्वीकृत गरेको छ।

ADVERTISEMENT

त्यसैगरी, कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन्, जसलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको छ।

ADVERTISEMENT

यी तीन विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पेस भएपछि सांसदहरू पक्ष र विपक्षमा धारणा राख्दै प्रश्न उठाएका थिए । ती प्रश्नको जवाफ सम्बन्धीत मन्त्रीहरूले दिएका थिए ।

यसअघि, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्दै उक्त विधेयक संसद्मा प्रस्तुत गरेका छन्।

ADVERTISEMENT