काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा सदस्यहरूले बिना कुनै व्यवधान आफ्ना धारणा राख्ने वातावरण बनाउन स्वयंसेवकलाई निर्देशन दिएका छन्।
बैठक उद्घाटनअघि सम्बोधन गर्दै ओलीले स्वयंसेवकहरूलाई निश्चित दूरीमा बसेर केन्द्रीय सदस्यहरूको आवतजावत र विचार अभिव्यक्तिमा कुनै अवरोध नगर्न निर्देशन दिएका हुन्।
उनले बैठकले देश र पार्टी कार्यकर्ताको अपेक्षा बोकेको भन्दै जिम्मेवारीपूर्वक बैठक सम्पन्न गर्ने बताए।





