काठमाडौं । एमालेले अध्यक्ष केपी ओली पक्राउको प्रतिवाद गर्ने निर्णय गरेको छ । शनिबार बसेको एमालेको सचिवालयको बैठकले सो निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।

एमालेले ओलीलाई तत्काल रिहा गर्न मागसमेत गरेको छ । ‘आमजनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने’, बैठकको निर्णयको पहिलो बुँदामा उल्लेख छ ।

ADVERTISEMENT

आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त एमालेले प्रत्येक जिल्लाको सदरमुकाममा शनिबार अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

यस्तै, प्रत्येक जिल्लामा चैत १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने, लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ ।

ADVERTISEMENT

एमाले काठमाडौंले ओली पक्राउविरुद्ध शनिबार बिहानदेखि नै आन्दोलन थालेको छ । एमाले कार्यकर्ता राजधानीको सडकमा झन्डा र ब्यानरसहित उत्रिएका छन् ।

एमालेको सचिबालयको बैठककाे चार निर्णय

१. आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।