काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा मर्मत कार्य जारी रहेकाले दुई घण्टाको अन्तरमा ३० मिनेट मात्रै यातायात सञ्चालन भइरहेको छ।
सडक मर्मतका लागि बिहान ८:३० बजेदेखि दुई घण्टाको अन्तरमा ३० मिनेट सवारीसाधन सञ्चालन गर्न दिइएको हो। बाँकी समयमा सडकमा मर्मत कार्य हुने भएकाले यातायात रोकिने गरेको छ।
हाल सडकखण्डअन्तर्गत तुइनखोलामा मर्मत कार्य भइरहेको छ। मर्मतका कारण शान्ति बजार क्षेत्रमा सवारीसाधन रोकिएका छन्।
भदौ १० गते आएको बाढीका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा क्षति पुगेपछि मर्मत कार्य भइरहेको हो।








