काठमाडौं । नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध जनाएपछि जेन-जी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गृहमन्त्री तथा अन्य मन्त्रीहरूको सहभागिता रहेको कार्यक्रममा खड्काले सरकारले आन्दोलनका घाइतेका लागि पर्याप्त काम नगरेको भन्दै विरोध जनाएका थिए । आफूलाई आफ्ना कुरा राख्न दिनुपर्ने माग गर्दै उनले कार्यक्रममा आवाज उठाएपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।
खड्का जेन-जी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् । कार्यक्रममा उनले आन्दोलनका घाइते तथा प्रभावितका विषयमा सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका थिए ।
घटनापछि सुरक्षाकर्मीले उनलाई कार्यक्रमस्थलबाट बाहिर निकालेर नियन्त्रणमा लिएको जनाइएको छ ।








