सातदोबाटोमा निर्माण गरिएको ‘जेन–जी पार्क’ को भोलि (बुधबार) उद्घाटन हुने भएको छ । पार्कमा जेन–जी आन्दोलनमा सहिद भएका ४५ जनाको अर्धकदको शालिक निर्माण गरिएको छ ।
बुधबार बिहान ८ः३० बजे गृहमन्त्री सुधन गुरुङले ४५ जना सहिदकको शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।

शालिक निर्माणको जिम्मेवारी पाटनका रवि शाक्य (टम एन्ड जेरी)को टोलीले लिएको हो । सुजित श्रेष्ठ र मनिष श्रेष्ठको सहयोगमा शाक्यले सहिदहरूको अर्धकदको शालिक डिजाइन गरेका हुन् ।
जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते २० जना, २४ गते १६ जना तथा भदौ २५ र २७ गते घाइते भएका ३–३ जनाको मृत्यु भएको थियो ।
आन्दोलनका क्रममा कुल ७६ जनाले ज्यान गुमाए पनि ४५ जनालाई मात्र सरकारले सहिद घोषणा गरेको थियो ।

सातदोबाटोमा निर्माण गरिएको जेन–जी पार्कमा राखिएका यी शालिकले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झना र योगदानलाई जीवन्त बनाउने अपेक्षा गरिएको छ ।








