काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा मृत्युवरण गरेका ४५ सहिदका सालिक अनावरण गर्ने कार्यक्रम स्थगित भएको छ ।

सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको पार्कमा तयार पारिएका सालिकमा सहिदको अनुहार नमिलेपछि अनावरण कार्यक्रम रोकिएको हो ।

ADVERTISEMENT

सालिक तयार भएपछि सहिदका परिवारका सदस्यहरूले अनुहार नमिलेको भन्दै आपत्ति जनाएका थिए । परिवारको आपत्तिपछि सालिकमा आवश्यक सुधार गरेर मात्रै अनावरण गर्ने निर्णय गरिएको जनाइएको छ ।

ADVERTISEMENT

आयोजकका अनुसार सहिदका परिवारका सदस्यले नै सालिकको स्वरूपप्रति असन्तुष्टि जनाएपछि तत्काल अनावरण नगरी सालिक सच्याउने प्रक्रिया अघि बढाइनेछ ।

राखेप परिसरस्थित पार्कमा आज ४५ सहिदका सालिक तयार पारिएका थिए । तर, परिवारका सदस्यहरूको आपत्तिपछि निर्धारित अनावरण कार्यक्रम स्थगित गरिएको हो ।

सालिकमा सहिदको वास्तविक अनुहारसँग मिल्ने गरी आवश्यक सुधार गरेपछि पुनः अनावरणको कार्यक्रम तय गरिने बताइएको छ ।