काठमाडौं । महालक्ष्मी पेन्ट्सले बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका तर्फबाट कार्यकारी निर्देशक चन्द्रपाक खड्गी लगायतका प्रतिनिधिले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
हालै आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले कम्पनीले कोषमा सहयोग गरेको जनाएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस सहयोगले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा केही योगदान पुग्ने अपेक्षा गरिएको छ। महालक्ष्मी पेन्ट्सले विपद्को कठिन समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको हो। कम्पनीको यो सहयोगबाट विपद्बाट प्रभावित परिवारको तत्कालीन राहत तथा पुनर्स्थापनाका प्रयासमा केही योगदान पुग्ने अपेक्षा गरिएको छ।





