काठमाडौँ  । भोटेकोशी बाढीपीडितको सहयोगका लागि शनिबार काठमाडौंमा ‘फ्लड रिलिफ १०के ट्रेल रन’ आयोजना हुँदैछ।ट्रेलमाण्डुको आयोजनामा हुने दौड अल्ट्रा रनर तथा ट्रेलमाण्डुकी संस्थापक रसिला तामाङको संयोजकत्वमा हुन लागेको हो।आयोजकका अनुसार स्वदेशी तथा विदेशी गरी ३० भन्दा बढी अल्ट्रा रनरले दौडका लागि नाम दर्ता गराइसकेका छन्।

स्वयम्भूबाट सुरु हुने दौड इचंगु र सेतो गुम्बा हुँदै पुनः इचंगुमै फर्किएर सम्पन्न हुनेछ।दौडबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने संयोजक रसिला तामाङले जानकारी दिएकी छन्।

ADVERTISEMENT

रसिला केही दिनअघि मात्रै स्विट्जरल्यान्ड र फ्रान्समा दुई महिना प्रशिक्षण लिएर नेपाल फर्किएकी हुन्। फ्रान्समा प्रशिक्षणकै क्रममा उनले अल्ट्रा रेसमा सहभागी भएर जुनिपर ट्रस्टसँगको सहकार्यमा बाढीपीडितका लागि एक लाख रुपैयाँ सहयोगसमेत जुटाएकी थिइन्।

ADVERTISEMENT

एसिया ट्रायल मास्टर्स जित्ने पहिलो नेपाली महिला अल्ट्रा धाविका रसिलाले जुनिपर ट्रस्टसँग मिलेर जलवायु परिवर्तनका क्षेत्रमा पनि काम गर्दै आएकी छन्। यस क्रममा पाँच हजार रुख रोप्ने अभियानसमेत सञ्चालन गरिएको छ। यसरी खेलकुदलाई राहत र सामाजिक अभियानसँग जोड्दै आयोजना हुन लागेको यो ट्रेल रनले बाढीपीडितका लागि सहयोग जुटाउने अपेक्षा गरिएको छ।

 

ADVERTISEMENT