काठमाडौं ।  भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७ सय ३५ पुगेको छ।

प्रहरी प्रधान कार्यालयको पछिल्लो विवरणअनुसार हालसम्म दुई हजार ७ सय १५ जनाको उद्धार गरिएको छ।

८ वटा जिल्लाबाट ७ सय ३५  जनाको शव फेला परेको हो।

ADVERTISEMENT

रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३७, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २५९, नवलपरासी पूर्वमा १८५ र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

बाढीमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन भएका छन्।

ADVERTISEMENT