काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रयोग गरेका अमर्यादित तथा असंसदीय शब्दहरू संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।

सभामुख अर्यालले भदौ १ र ३ गतेका बैठकमा सांसदहरूले प्रयोग गरेका केही शब्द तथा वाक्यांश संसद्को गरिमा विपरीत रहेको ठहर गर्दै संघीय संसद् सचिवालयलाई ती शब्द अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।

निर्देशनअनुसार भदौ १ गतेको बैठकमा रास्वपा सांसद इन्दिरा राना मगरले प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ लगायतका शब्द संसद्को अभिलेखमा रहने छैनन्।

ADVERTISEMENT

त्यस्तै, भदौ ३ गतेको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सम्बोधनका क्रममा प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ लगायतका शब्द तथा वाक्यांश पनि अभिलेखबाट हटाउन निर्देशन दिइएको छ।

ADVERTISEMENT

सभामुख अर्यालले संसद्मा बोल्दा मर्यादित भाषा प्रयोग गर्न र कसैको मानमर्दन हुने गरी शब्द चयन नगर्न सांसदहरूको ध्यानाकर्षण गराएका छन्।

ADVERTISEMENT

सभामुखको निर्देशनपछि संघीय संसद् सचिवालयले ती शब्द तथा वाक्यांशलाई संसद्को आधिकारिक अभिलेखबाट हटाउने प्रक्रिया अघि बढाउनेछ।