काठमाडौँ । उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले करिब २ सय किलो गाँजासहित एक टिपर नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले ना.७ ख ८१७३ नम्बरको टिपरलाई चेकजाँच गर्ने क्रममा ९ वटा बोरामा लुकाएर राखिएको अवस्थामा १९९.३२ किलो गाँजा बरामद गरेको हो।

गाँजा बरामद भएपछि टिपरका चालक सोम मगरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको भन्ने विषयमा समेत अनुसन्धान अघि बढाएको छ।

ADVERTISEMENT