काठमाडौं । ‘मास्टर्नी’ गीतका कारण केही समयअघि विवादमा आएका गायक दुर्गेश थापाले नयाँ तीज गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै चर्चित तीज गीत सिरिजलाई निरन्तरता दिँदै ‘बीच्च बीच्चमा २.०’ ल्याएका हुन्।

दुर्गेशकै शब्द तथा संगीतमा तयार भएको गीतमा दुर्गेशसँगै बेनिशा पौडेल र बबिना किरातीको स्वर सुन्न सकिन्छ।

गीतको भिडियोमा दुर्गेश थापासँगै करिश्मा केसी र स्मारिका ढकालले अभिनय तथा नृत्य गरेका छन्। अतिथि कलाकारका रूपमा गुराँस नानीलाई देखाइएको छ भने बाल कलाकारका रूपमा दक्षित थापाको अभिनय छ।

ADVERTISEMENT

दुर्गेश थापाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियो डान्सिङ प्याटर्नमा तयार पारिएको छ। भिडियो हेर्दा दक्षिण भारतीय फिल्मका गीतको शैलीको झल्कोसमेत देखिन्छ।

ADVERTISEMENT

गीतको भिडियो मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको हो।

ADVERTISEMENT