काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीबाट निमन्त्रणा आएको छ ।

बुधबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई निमन्त्रणा पठाएको जानकारी दिए ।

ADVERTISEMENT

परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको छ । सम्मेलनमा नेपालबाट कुन तहको प्रतिनिधित्व हुने भन्ने टुंगो लाग्न बाँकी रहेको ढकालले बताए ।

ADVERTISEMENT

कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ । नेपालले सम्मेलनमा जलवायु न्याय, हानि–नोक्सानीको क्षतिपूर्ति तथा पर्वतीय मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।