काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य घटेको छ ।

छापावाल सुनको भाउ आज तोलामा एक हजार दुई सय रुपैयाँ घटेर तीन लाख ६ हजार सात सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुनको भाउ तोलामा ६ हजार चार सय रुपैयाँ बढेर तीन लाख सात हजार नौ सय रुपैयाँ पुगेको थियो। पाँच दिनमा तोलामा २४ हजार दुई सय बढेको सुनको भाउ आज घटेको हो।

ADVERTISEMENT

आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेर चार हजार सात सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

ADVERTISEMENT