काठमाडौँ — वरिष्ठ अभिनेता राजेश हमालले लोकतन्त्रमा भीडको मानसिकता र नेताहरूको प्रवृत्तिप्रति टिप्पणी गर्दै नेपालको वर्तमान राजनीतिक अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्।

ग्रीक दार्शनिक सुकरातको भनाइ उद्धृत गर्दै हमालले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, “वक्ताहरूले डर, अहंकार र क्षणिक सन्तुष्टिको सहारा लिएर सम्पूर्ण भीडलाई प्रभावित गर्छन्। उनीहरूले जटिल स मस्याहरूका लागि अत्यन्तै सरल समाधानको आश्वासन दिन्छन्। अनि भीडले सबैभन्दा ठूलो ताली सत्य बोल्ने व्यक्तिलाई होइन, आफूलाई सबैभन्दा राम्रो महसुस गराउने व्यक्तिलाई दिन्छ।”

हमालले बदलिँदो भूराजनीतिक र आर्थिक परिस्थितिमा नेपाललाई परिपक्व, स्थिर र दूरदर्शी नेतृत्व आवश्यक रहेको बताएका छन्।

ADVERTISEMENT

उनले गत निर्वाचनमा जनविश्वास गुमाएका पुराना दल र शासन सञ्चालनको अनुभव प्रमाणित हुन बाँकी नयाँ राजनीतिक शक्तिबीच नागरिकले सन्तुलन खोज्नुपरेको उल्लेख गर्दै सरकार र राजनीतिक दलहरूको कार्यशैलीप्रति घुमाउरो आलोचना गरेका छन्।

ADVERTISEMENT

इतिहासले क्षणिक लाभभन्दा दीर्घकालीन राष्ट्रिय हित र एकतालाई प्राथमिकता दिने नेतृत्वको मूल्याङ्कन गर्ने उल्लेख गर्दै हमालले लोकतन्त्रलाई केवल निर्वाचनमा सीमित नराखी उत्तरदायित्व र राष्ट्रप्रतिको समर्पणको संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।