काठमाडौं — सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा भएको अघिल्लो फैसला पुनरावलोकनका लागि अनुमति दिएको छ। यससँगै उक्त मुद्दा अब सुरुदेखि नै पुनः सुनुवाइ हुने भएको छ।

प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले पुनरावलोकन निवेदनमा निस्सा हुने आदेश दिएपछि यसअघि भएको फैसला पुनः परीक्षण हुने भएको हो।

ADVERTISEMENT

अब नयाँ इजलासले अघिल्लो फैसला सदर वा उल्ट्याउने निर्णय गर्न सक्नेछ। फैसला उल्टिएमा कांग्रेसको असन्तुष्ट समूहको दाबीलाई मान्यता मिल्ने र विशेष महाधिवेशनबाट भएको निर्णय अमान्य हुन सक्नेछ।

ADVERTISEMENT

यद्यपि अघिल्लो फैसला सदर भए विशेष महाधिवेशनले कानुनी मान्यता कायम राख्नेछ। यसअघि न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापाको कार्यसमितिलाई वैधानिक मान्यता दिएको थियो भने देउवा पक्षको रिट खारेज गरेको थियो।

उक्त फैसलाको पुनरावलोकन माग गर्दै देउवा पक्षले साउन ७ गते सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको थियो।

ADVERTISEMENT