काठमाडौं । थाइल्यान्डको फुकेटबाट भारतको दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान मंगलबार तीव्र हावाको झट्का (टर्बुलेन्स)मा परेको छ। उडानका क्रममा विमान एक्कासि हल्लिँदा यात्रु र चालक दलका सदस्यसहित १२ जना घाइते भएका छन्।
एयर इन्डियाको उडान एआई–२३७९ तीव्र टर्बुलेन्समा परे पनि पाइलटले परिस्थितिलाई नियन्त्रणमा लिँदै विमानलाई दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गराएका थिए।
समाचार एजेन्सी पीटीआईका अनुसार घाइतेहरूलाई उपचारका लागि दिल्ली विमानस्थलस्थित चिकित्सा केन्द्रमा लगिएको छ।
एयर इन्डियाले घटनामा कसैलाई पनि गम्भीर चोटपटक नलागेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ।












