काठमाडौं।  एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक नतिजामा उल्लेख्य वृद्धि हासिल गरेको छ। बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ४६.२२ प्रतिशतले  बढेर ३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। वित्तीय विवरणअनुसार बैंकको सञ्चित मुनाफा (Retained Earnings) अघिल्लो वर्षको  ९३ लाख रुपैयाँको  ऋणात्मक स्थितिबाट सुधारहुदै १ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। सञ्चित कोष (Reserves) १५.२१ प्रतिशत वृद्धि भई १२ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।

कुल  निक्षेप २५ प्रतिशतले बढ्यो
बैंकको कुल निक्षेप रकम २५.४५ प्रतिशतले बढेर २८० अर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। ऋण तथा अग्रिम प्रवाह १७.९२ प्रतिशतले बढेर २२९ अर्ब ११ करोड रुपैयाँ भएको छ। सोही अवधिमा बैंकको ऋण असुल नहुने अनुपात (NPL) ३.४० प्रतिशतबाट  ३.७२ प्रतिशत पुगेको छ।

ADVERTISEMENT

सञ्चालन मुनाफा र ब्याज आम्दानीमा वृद्धि
बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशत बढेर ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ। संचालन नाफा ६४.४६ प्रतिशतले बढ्दै ५ अर्ब ३५ करोड रुपैयाँमा पुगेको छ।

ADVERTISEMENT

खर्चमा केही वृद्धि, कोष लागतमा ब्यापक सुधार
कार्यालयजन्य तथा कर्मचारी खर्च १६.९३ प्रतिशतले बढेर ३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। तर, बैंकको कोषको लागत (Cost of Fund) भने ३०.७८ प्रतिशत घटेर ५.०६ प्रतिशतमा झरेको छ।

प्रतिफल सूचकांकमा सुधार
प्रति सेयर आम्दानी (EPS) १७ रुपैयाँ ८७ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको १२ रुपैयाँ २२ पैसाभन्दा ४६.२२ प्रतिशतले बढी हो। प्रति सेयर नेटवर्थ १७७ रुपैयाँ ५० पैसा पुगेको छ भने बजार मूल्य/आम्दानी अनुपात (P/E Ratio) १५.१० गुणा रहेको छ।

ADVERTISEMENT

चुक्ता पुँजी स्थिर
बैंकको चुक्ता पुँजीमा  कुनै परिवर्तन नआई  १८ अर्ब ३६ करोड रुपैयाँमै स्थिर रहेको छ।