काठमाडौं । एनएमबी बैंकले नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारीसाधन (ईभी) खरिदका लागि विशेष कर्जा योजना ल्याएको छ। बैंकले बेस रेटमा ०.५ प्रतिशत थप ब्याजदरबाट सुरु हुने गरी ईभी कर्जा सुविधा उपलब्ध गराउने भएको हो।

वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले आकर्षक तथा किफायती ईभी कर्जा योजना ल्याएको जनाएको छ। सीमित अवधिका लागि उपलब्ध हुने यो कर्जा सुविधा नयाँ विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरिएको बैंकले जनाएको छ।

ADVERTISEMENT

कर्जाका लागि प्रक्रिया सरल र छिटो बनाइएको बैंकको भनाइ छ। इच्छुक ग्राहकले नाइमा मोबिलिटी एक्स्पोमा रहेको बैंकको स्टल नम्बर ०५ वा देशभर रहेका एनएमबी बैंकका शाखामार्फत आवेदन दिन सक्नेछन्।

ADVERTISEMENT

एनएमबी बैंकले हाल देशभर १९८ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

बैंकले नयाँ ईभी खरिद गर्ने ग्राहकलाई सहज वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले ल्याएको यो योजनाले विद्युतीय सवारीको प्रयोग विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरेको छ।

ADVERTISEMENT