वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट इजरायली सेना फिर्ता गर्ने ऐतिहासिक सम्झौता भएको घोषणा गर्दै कतारलगायतका मध्यस्थकर्ताहरूलाई यस सम्झौतामा पुग्नका लागि गरेको सहयोगी प्रयासका लागि कृतज्ञता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले गाजामा हमास र अन्य सबै सशस्त्र समूहहरूको पूर्ण निशस्त्रीकरणमा सहमति जनाउँदै ऐतिहासिक सम्झौतामा पुगेको बताएका छन् । उनले यस सम्झौतालाई स्थायी शान्ति र सुरक्षाको मार्गमा एउटा महत्वपूर्ण कदम भएको बताएका छन् । उनका अनुसार सम्झौता सावधानीपूर्वक संरचित चरणहरूमार्फत कार्यान्वयन गरिनेछ भने निशस्त्रीकरण पूरा भएपछि इजरायली सेनाहरू फिर्ता हुनेछन् ।

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति ट्रम्पले कतार प्रति कृतज्ञता व्यक्त गर्दै मध्यस्थकर्ता इजिप्ट, कतार र टर्कीलाई उनीहरूको महत्त्वपूर्ण प्रयासका लागि धन्यवाद दिँदै ऐतिहासिक सफलता सम्भव बनाउने सबै पक्षलाई धन्यवाद व्यक्त गरेका छन् ।

ट्रम्पले यो सम्झौतालाई युद्धको अन्त्य गर्न ट्रम्पको २० बुँदे योजनाको कार्यान्वयनमा एक प्रमुख ऐतिहासिक उपलब्धिको रुपमा वर्णन गर्दै गाजाको जिम्मेवारी लिन अन्तर्राष्ट्रिय बलले नयाँ प्यालेस्टिनी प्रहरी बलसँग सहकार्य गर्ने घोषणा गरेका छन् ।

ADVERTISEMENT