काठमाडौं। अर्थतन्त्र शिथिल देखिए पनि बीमा कम्पनीहरूको व्यापार भने बढेको देखिएको छ।

नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको निर्जीवन बीमा कम्पनीहरूको आर्थिक वर्ष २०८२/८३ को १२ महिनाको प्रतिवेदनअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले पछिल्लो अवधिमा कुल ५० अर्ब ६० करोड ३१ लाख २७ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन्।

ADVERTISEMENT

यो आर्जन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.१२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूले कुल ४३ अर्ब ९८ करोड ८७ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका थिए।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सरकारी स्वामित्वको नेपाल इन्स्योरेन्स कम्पनीले दुई अर्ब २१ करोड ६२ लाख ९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने निजी क्षेत्रद्वारा सञ्चालित दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले तीन अर्ब २५ करोड २१ लाख ७८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

ADVERTISEMENT

सरकारी स्वामित्वकै राष्ट्रिय बीमा कम्पनीले पनि यस अवधिमा एक अर्ब ५८ करोड ३७ लाख २० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

आर्थिक वर्ष २०८२/८३ मा नेशनल इन्स्योरेन्स, नेको, प्रभु र शिखर इन्स्योरेन्स कम्पनीले क्रमशः एक अर्ब २९ करोड ७ लाख २७ हजार, तीन अर्ब ६५ करोड ५० लाख २२ हजार, दुई अर्ब २ करोड २८ लाख २३ हजार र छ अर्ब ५१ करोड १२ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्राधिकरणका अनुसार पछिल्लो अवधिमा एनएलजी, हिमालयन एभरेष्ट, सानिमा र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पनि क्रमशः चार अर्ब २० करोड ७९ लाख ७० हजार, पाँच अर्ब ३७ करोड ४१ लाख ४३ हजार, तीन अर्ब ८ करोड २० लाख ७ हजार र चार अर्ब ३१ करोड ७४ लाख ३१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

त्यस्तै, सगरमाथा लुम्बिनी, आईजीआई र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले पनि आर्थिक वर्ष २०८२/८३ मा क्रमशः पाँच अर्ब ४२ करोड २२ लाख ९४ हजार, चार अर्ब ५५ करोड ११ लाख १५ हजार र तीन अर्ब ११ करोड ६२ लाख ३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।