नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु. २,८४,२०० कायम भएको छ। अघिल्लो कारोबार दिन प्रतितोला रु. २,८८,५०० रहेको सुनको मूल्य आज रु. ४,३०० ले घटेको हो। त्यस्तै, १० ग्राम सुनको मूल्य रु. २,४३,६५५ निर्धारण गरिएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला रु. ४,४४५ रहेको चाँदीको मूल्य आज प्रतितोला रु. ४,३१० कायम भएको महासंघले जनाएको छ। यसअनुसार चाँदीको मूल्य प्रतितोला रु. १३५ ले घटेको हो। १० ग्राम चाँदीको मूल्य रु. ३,६९५ तोकिएको छ।

ADVERTISEMENT

ADVERTISEMENT