काठमाडौं । माछापुच्छ्रे बैंकले प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सुभाष जमरकट्टेललाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले हालका नायव प्रमुख कार्यकारी अधिकृत अर्याललाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा तथा हालका नायव महाप्रबन्धक जमरकटेललाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

व्यापार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा करिब दुई दशक भन्दा बढीको अनुभव छ ।

ADVERTISEMENT

अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेत विभिन्न पदमा कायर्रत रही बैंकिङ क्षेत्रको अनुभव बटुलेका बैंकर हुन् ।

ADVERTISEMENT

यस्तै, वित्तीय तथा बैंकिङ क्षेत्रमा विशेषज्ञता हासिल गरेका जमरकटेल एक दक्ष तथा अनुभवी चार्टर्ड एकाउन्टेन्टका रूपमा परिचित छन् । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानून विषयमा स्नातक गरेका छन् ।

साथै, उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) थाइल्याण्डबाट बैंकिङ तथा फाइनान्स विषयमा स्नातकोत्तर गरेका छन् ।