काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा बैंकले कमाएको ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँको तुलनामा ३१.८६ प्रतिशत बढी हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.५९ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ६५ लाख २५ हजार रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४५ करोड ८९ लाख ४८ हजार रुपैयाँ थियो।
बैंकले समीक्षा अवधिमा ४३ करोड ८५ लाख ६९ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ। कुल सञ्चालन आम्दानी २ अर्ब ३० करोड ६९ लाख ५९ हजार रुपैयाँ र सञ्चालन नाफा ८६ करोड २ लाख ५३ हजार रुपैयाँ रहेको छ।
बैंकको वितरणयोग्य नाफा ११ करोड २१ लाख २४ हजार रुपैयाँ रहेको छ। यस आधारमा बैंकको लाभांश क्षमता १.५१ प्रतिशत कायम भएको छ।
१५ अर्ब ४४ करोड ८७ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ९० करोड १० लाख ७७ हजार रुपैयाँ रहेको छ।
असोज मसान्तसम्म बैंकको निक्षेप संकलन ३.५७ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड २० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाह ५.४६ प्रतिशतले बढेर १ खर्ब ७२ अर्ब ६४ करोड ९९ लाख रुपैयाँ कायम भएको छ। गत वर्षको सोही अवधिमा बैंकको निक्षेप २ खर्ब २० अर्ब ४९ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी १ खर्ब ६३ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७७.९३ प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४३ पैसाबाट बढेर १७ रुपैयाँ ७१ पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात १५.४२ गुणा रहेको छ।
बैंकले खराब कर्जा अनुपात पनि घटाएको छ। गत वर्षको असोजमा ४.१३ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको असोजमा घटेर ३.९७ प्रतिशतमा झरेको छ।









